फर्निचर तथा फर्निसिङ व्यवसायीको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नबौं स्थापना दिवशको अवसरमा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेश समन्वय समिति र जिल्ला समितिले सिटिजन फर्निचर न्यूरोडसँगको सहकार्यमा मंगलबार रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष युवाराज पौडेलले पहिलो रक्तदाता सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी सुरु भएको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको फर्निचार तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेश समन्वय समिति संयोजक एवं कार्यक्रम संयोजक हिरामणि पण्डीतले जानकारी दिए ।

महासंघको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा फर्निचर व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष युवराज पौडेल, कास्की अध्यक्ष पूर्णशोभा गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीलगायतले रक्तदानको महत्व र फर्निचर व्यवसायी महासंघले गरेका कार्यहरुबारे आ–आफ्नो धारणा राखेका थिए ।

  • ८ श्रावण २०८१, मंगलवार १७:२७ प्रकाशित