काठमाडौँ ।
सांसद सोनु मुर्मुले नेपालमा उपचार र दवाई खर्च महँगो भएको बताएकी छिन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा उपचार महँगो भएकाले भारतमा उपचार गर्न जानु परेको बताएकी हुन् ।
उनले सरकारले कर मात्रै उठाउने गरेको तर सेवा सुविधा नदिने गरेको बताइन् । ‘उपचार र दवाई खर्च महँगो छ,’ उनले भनिन्, ‘उपचारका लागि बाहिरी देशमा जान्छन्, सरकारले कर मात्रै उठाउने हो कि सेवा पनि दिने हो ।’