जुम्लामा धुवाँले निसास्सिएर ११ दिनको सुत्केरी र कुर्न गएकी बहिनीको ज्यान गयो

केन्द्रभाग मिडिया

सुर्खेत ।

जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको ज्यान गएको छ । ज्यान गुमाउनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।

मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीका अनुसार बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेका रहेछन् । उक्त आगोको धुवाँले निसास्सिएका थिए ।

घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ।

प्रहरीको अनुसार अनुसार दिदीको सोमबार र बहिनीको मंगलबार बिहान ज्यान गएको हो । यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

  • ८ श्रावण २०८१, मंगलवार १३:४५ प्रकाशित