टीआरसी सहजीकरणका लागि गठित कार्यदललाई प्रम ओलीले छलफलका लागि बोलाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

बिहान ११ बजेदेखि बैठकमा बस्न लागेको एक नेताले बताए ।बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेको कार्यदलको कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्न प्रधानमन्त्रीले बोलाएको एक नेताले बताए ।

  • ८ श्रावण २०८१, मंगलवार १०:५७ प्रकाशित