पोखरा महानगरपालिका वडा ११ ले वडाबासीलाई जनै बनाउने तालिम दिने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ११ ले वडावासीलाई जनै बनाउने तालिम दिने भएको छ । जनैपूर्णमा नजिकिँदै जाँदा धर्म संस्कृतिको रक्षा र बाह्य सामान आयात रोक्न तालिम आयोजना गरिएको वडाले जनाएको छ ।

संस्कार, संस्कृति जगेर्नार्थ जनैको महत्त्व दर्साउन तालिम आयोजना गरिएको वडा सदस्य सुशील बास्तोलाले जानकारी दिए । उनका अनुसार साउन १२ गते शनिबार तालिम हुनेछ ।

‘जनैको महत्त्व छुट्टै छ । त्यसलाई बुझाउन सकिरहेका छैनौँ,’ उनले भने, ‘जनैपूर्णीमामा मात्रै करोडौँको जनै बाहिरबाट आयात हुन्छ । हामीले वडाको लागि चाहिने जनै वडामै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिन्छ ।’

उनले तालिमसँगै वैदिक विधि र जनैको महत्वबारे पनि सचेतना गराइने बताए । तालिममा महिला र पुरुष सबैले सहभागिता जनाउन सक्ने बास्तोलाको भनाई छ ।

  • ८ श्रावण २०८१, मंगलवार ०९:१० प्रकाशित