पानीजहाजसम्बन्धी विधेयक संसद‍्मा पेस गर्ने प्रक्रियामा छ : प्रम ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजसम्बन्धी विधेयक संसद‍्मा पेस गर्ने प्रक्रियामा रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्‌बाट असार २७ मा संसद्‌मा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भइसकेको बताए ।

उनले यससँगै अब संस‍द‍्मा पेस गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

  • ७ श्रावण २०८१, सोमबार १६:०७ प्रकाशित