काभा यु–२० महिला भलिबल : नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ ।

लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । त्यसअघि लिगमा पहिल‍ो भएको श्रीलंका र चोथै भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ

नेपाली टोली सेमिफाइनल खेललाई लिएर उत्साहित छ । आजको खेल जसरी पनि जित्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।

  • ७ श्रावण २०८१, सोमबार १०:४८ प्रकाशित