एसिसी महिला एसिया कप

पाकिस्तान विरुद्ध टस हारेर व्याटिङ गर्दै नेपाल

केन्द्रभाग मिडिया

 

पोखरा ।
एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत अहिले केही बेरमा नेपालले पाकिस्तानसँग भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुमा व्याटिङ गर्दैछ । खेल नेपाली समयानुसार अहिले ७ ः १५ बजेदेखि सुरु हुँदैछ ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक एसिसी महिला एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन्।

नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

खेलमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौका प्रहार गर्दै नटआउट ७२ रन जोडेकी थिइन्। सम्झनाको त्यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक थियो।

साथै युएईविरूद्धकै खेलमा नेपाली महिला ब्याटरले टी-२० अन्तर्राष्ट्रियमा तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर बनायो । त्यही खेलमा नेपालले पार गरेको ११६ रनको लक्ष्य महिला टी-२० मा अहिलेसम्मकै ठूलो हो ।

नेपालले मंगलबार भारतसँग खेल्नेछ।

 

  • ६ श्रावण २०८१, आईतवार १९:१२ प्रकाशित