प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ सदस्यकोे मत प्राप्त गरेका छन । प्रतिनिधी सभामा राखेको विश्वासको मतको पक्षमा १ सय ८८ मत प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त गरे भने ७४ मत बिपक्षमा खसेको थियोभने एकजना सांसद तटस्थ बसेका थिए ।

आइतबार संसदमा २ सय ६३ जना सदस्य उपस्थित रहेका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

  • ६ श्रावण २०८१, आईतवार १८:५२ प्रकाशित