वडा नं.२५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

केन्द्रभाग मिडिया

हेमजा ।
पोखरा महानगरपालिका वडा नं २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो ।

पहिला सेवा दिदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको ब्यवस्थापन नहुनु आदि समस्य रहेको थियो । आइतबारदेखि सेवा सुरु गरिएको कार्यालयमा फराकिलो तथा राम्रो पार्किङ रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनाए ।

वडा कार्यालय साबिक ग्राम प्रकाश आधारभूत बिद्यालयको भवनमा सारिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको उल्लेख गरे । सेवा ग्राहीको सेवाको लागि भवन आवश्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि आवश्यक हुने बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले सेवा शुभारम्भ गरेको बधाई दिदै वडा कार्यालयबाट सेवाग्राहीको काम सहज तरिकाले गर्नुपर्ने बताइन । उनले वडाबाट पाइने सेवा सुविधा बारे जानकारी गराउदै वडा बासिन्दाले पनि सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा वडा न. २ का अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरि शंकर मा।बिका अध्यक्ष भोजराज पौडेलले बोलेका थिए । कार्यक्रममा गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल, गौरि शंकर मा.बिका प्र.अ अम्बर कुँवर, साबिक ग्रामप्रकास मा.वि का अध्यक्ष दलबहादुर कुँवर प्रअ मनोहरी तिमिल्सिना लगायत अन्य सदस्यलाई सम्मान गरिएको थियो ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी इश्वरी बाँस्तोलाले गरेका थिए ।

  • ६ श्रावण २०८१, आईतवार १६:५८ प्रकाशित