बङ्गलादेशमा कर्फ्युबिच हिंसात्मक भडप, एकै दिन १० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

ढाका ।

बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा कर्फ्युबिच हिंसात्मक झडप हुदाँ कम्तीमा १० जनाको ज्यान गएको छ । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार हिंसात्मक झडप भएको हो ।

यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि भएको बताइएको छ । ढाकाको जात्राबारीको रायर बागमा ८ जनाको ज्यान गएको छ भने मिरपुर र अजिमपुरमा अरु २ जनाको ज्यान गएको छ ।

शनिबार ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो । गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको ज्यान गइसकेको छ

सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यु लगाएको थियो । देशभर सेना परिचालन गरिएको छ । कर्फ्यु आइतबारसम्म लम्ब्याइएको छ । आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिइएको छ ।

  • ६ श्रावण २०८१, आईतवार १६:१५ प्रकाशित