सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेटलाई संसोधन गरिने भएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दै सरकारले नीति तथा कार्यक्रम र बजेटलाई संशोधन गर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘परिवर्तन महसुस भएको ठाउँमा विधि र पद्धतिमा रही नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जित गर्दै परिणाम निकाल्ने गरि सम्पूर्ण संयन्त्र परिचालित गर्नेछौं ।’

  • ६ श्रावण २०८१, आईतवार १५:२६ प्रकाशित