भ्रष्टाचार गर्दैनौँ, सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ : प्रम ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र कसैलाई पनि गर्न नदिने बताए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताएका छन्।

उनले भने, ‘भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ। भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयमा अनुसन्धान हुन्छ। कुनै कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौँ।’

भ्रष्टाचारी एक दिन कानूनको कठघरमा पुग्छन् भन्ने स्थापित गराउने बताए। जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने बताए।

  • ६ श्रावण २०८१, आईतवार १४:३७ प्रकाशित