राप्रपाको संसदीय दलको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलको बैठक आज बस्दैछ ।बैठक बिहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने छ ।’

उक्त पार्टीको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

  • ६ श्रावण २०८१, आईतवार ०९:५८ प्रकाशित