हत्या

चोरिएको मोवाइल पछ्याएर सुकुको हत्यारासम्म यसरी पुग्यो प्रहरी (भिडियो)

गिता राना

पोखरा ।
पोखराको नागढुंगा स्थित होटल युनिक एण्ड भान्सा घरमा सुकु बिकको हत्या गरेको आरोपमा बाग्लुङ गल्कोटका सञ्जय बिक पक्राउ परेका छन् । गत ५ मंसिरको सांझ नागढुंगास्थित सिला रेष्टुरेण्टमा काम गर्ने तनहुँ भिमादकी ३८ वर्षीया सुकु बिकको हत्या गरी फरार रहेका सञ्जय बिकलाई कास्की प्रहरीले ८ महिना पछि २ साउनमा नवलपरासी पूर्व गैंडाकोट -१२ हर्कपुर स्थित आफ्नै डेराबाट पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाका अनुसार पक्राउ परेका सञ्जयले सुकुको हत्या गरेर साथमा रहेको आइफोन थर्टिन प्रो म्याक्स र सुनको २ थान टप र सिक्री लुटेर भागेका थिए ।

प्रहरीले अनुसन्धान गर्दैजाँदा उक्त फोन महोत्तरी बर्दीबास–७ का राजेश बुढाथोकीको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडांैको टोलीले फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्दैजाँदा उक्त मोवाइल बाग्लुङ गलकोट ९ स्थायी घर भइ पोखरा ७ घारीपाटन बस्ने संजय बिकसंग ४० हजार ५ सयमा बिक्री गरेको खुल्न आयो । यसैबाट प्रहरी सुकुको हत्या सञ्जयले नै गरेको निस्कर्षमा पुगेको हो ।

प्रहरी उपरीक्षक थापाका अनुसार सञ्जयले हत्या गरेका साबिती बयान दिएका छन् । सञ्जय २०७२ सालमा चोरी मुद्धामा २ वर्ष जेल सजाय भोगेर निस्केका थिए । उनीविरुद्ध २०७३ साल ५ महिना १ गते वडा प्रहरी कार्यालय बैदाममा अभद्र व्यवहार कसुरमा मुद्धा समेत चलेको थियो ।

  • ४ श्रावण २०८१, शुक्रबार १९:२२ प्रकाशित