पोखरा ।
वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । सम्झना खड्काले अर्धशतकको मद्दतमा नेपालले युएईलाई ६ विकेटले हराएको होे ।
युएईले दिएको ११६ रनको लक्ष्य १६ ओभरमा ४ विकेटको क्षतिमा नेपालले पुरा गर्यो । विस्फोटक व्याटिङ गरेकीसम्झना खड्काले ४५ बलमा ७२ रनको योगदान दिइन् ।
नेपालका लागि सीता राना मगरले ७, कविता कुँवरले २, इन्दु बर्माले ६, रुबिना क्षेत्रीले १० र पुजा महतोले ७ रन जोडे । यूएईले नेपाललाई १४ अतिरिक्त रन दिएको थियो । यूएईका लागि काविशा एगोडेजले ३ विकेट झार्दा लावण्या केनीले १ विकेट लिएकी थिइन् ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेल्दै ८ विकेट क्षतिमा ११५ रन मात्र बनाएको थियो । नेपालले ४ विकेट क्षतिमा यूएईले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पूरा गर्यो ।
यूएईका लागि खुसी शर्माले ३६ र काविशा एगोडेजले २२ रन बनाउनेबाहेक अरुले धेरै रन जोड्न सकेनन्। ईशा ओजा १०, तीर्थ सतिश ९, रिनिथा राजिथ ६, सामिरा धार्निधार्का १३, हिना हचन्दनी ९, वैष्णवी महेश ०, रितिका राजिथ ६ र लावण्या केनीले २ रन जोडे । नेपालले अतिरिक्त २ रन दिएको थियो।
बलिङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट र सबनम राई र कृतिका मरासिनीले समान १ विकेट झारे ।















