नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औं महाधिवेशन सभापतिमा शेखरलाई समर्थन घोषणा गरेकी छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर शेखरलाई सघाउने घोषणा गरेका हुन् ।
उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने बताइन् ।उनले भनिन्, ‘हामी एकजुट हुनै पर्छ । हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ । हामीले मुलुकलाई निकास दिनुपर्छ ।
उनले शेखर र शशांकसँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै एकजुट भएर अघि बढ्ने बताइन् ।