पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्ड र युरोको भाउ घटेको छ ।
आज पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा थियो ।
यस्तै डलर एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ१५ पैसा छ।यस्तै आज युरो एकको खरिददर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा रहेका छ । हिजो युरो एकको खरिददर १४६ रुपैयाँ ०० पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा थियो।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ ।















