आज युरो र पाउण्डको भाउ बढ्यो, डलर स्थिर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्ड र युरोको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा थियो।

डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा छ।यस्तै आज युरो एकको खरिददर १४६ रुपैयाँ ०० पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८ रुपैयाँ ५६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ ।

  • ३ श्रावण २०८१, बिहीबार ०८:५४ प्रकाशित