पोखरा ।
पोखरा महानगरपालिका–२३ घाँटीछिनाको हर्पन खोलामा पौडी खेल्ने क्रममा एक पुरुषको ज्यान गएको छ । डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिम्खडाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सन्तोष पौडी खेल्ने क्रममा डुबरे बेपत्ता भएका थिए । प्रहरीले डुबेको खबर पाउनासाथ खोजी गर्ने क्रममा उनी मृत अवस्थामा भेटिएका हुन् ।
सशस्त्र प्रहरीको गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले झण्डै २० फिट गहिराईबाट उहाँको शव बाहिर निकालेको हो ।













