नारायणी नदी किनारमा एउटा शव भेटियो

केन्द्रभाग मिडिया

पूर्वी नवलपरासी ।

पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परको छ । प्रहरीका अनुसार गैंडाकोट नगरपालिक- ७ गैरीमा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जिन्स पाइन्ट र रातो फुल सर्ट लगाएको व्यक्तिको शव निकालेर भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान छ ।

  • १ श्रावण २०८१, मंगलवार १०:०६ प्रकाशित