रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

रुकुम पश्चिम ।

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको ज्यान गएको छ । आठबिसकोट नगरपालिका रुकुम ९पश्चिम० वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

ज्यान गुमाउनेमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले जानकारी दिए ।

घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना वि क रहेका छन् ।

  • १ श्रावण २०८१, मंगलवार ०७:१५ प्रकाशित