पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीकले असार महिनामा मात्रै १ सय २९ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । विभिन्न घटनामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १ सय २९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय र दुई करोड नब्बे लाख तीन हजार सात सय त्रियासी रुपैया जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको समेत प्रवक्ता शर्माले बताए ।
प्रहरीले चेक अनादारमा ३३, बैंकिङ कसूमा ६ जना, वन पैदावर (काठ)को अनियमित निकासी गर्ने २, घरेलु हिंसामा १, बिगोमा ५ जना, सवारी ज्यानमा १, नकवजनी चोरी ६ जना, अभद्र व्यवहारमा ४ जना, लागू औषधमा ५ जना, साधारण चोरीमा २ जना, केही सार्वजनिक अपराधमा १३, जुवातासमा ९, ज्यान मार्ने उद्योगमा १, पशुपंक्षी सम्बन्धी कसूरमा ६ जना, सम्बन्ध बिच्छेदमा १८ जना, नाता कायममा ५ जना, जालसाजीमा ५ जना, झुटा बखपत्र गरेको २ जना, कुटपिटमा १ जना र लेनदेनमा ४ जना गरी १ सय २९ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको हो ।