गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमवार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि सुझाए ।
स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् ब्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए ।
विपद्का कारण क्षती बेहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट बितरण भईरहेको र सहज प्रक्रियाबाट तत्कालै बितरण गर्न निर्देशन दिए ।
विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यामको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
मनसुन सुरु भएपश्चात गण्डकी प्रदेश भित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षती, राहत बितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाहरु विच छलफल भएको हो ।
सोमवार भएको उक्त छलफलबाट निम्न निर्णयहरु भएका छन् ।