ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो, दुई घाइते

केन्द्रभाग मिडिया

सुर्खेत ।

ट्याक्टर दुर्घटनामा परी सुर्खेतमा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका ट्याक्टर चालक २७ वर्षीय वीर परियार रहेका छन् ।

आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट –तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो । प्रदेश ट्राफिक कार्यालयका अनुसार सवारी दुर्घटनामा चालक सहित तीन जना व्यक्ति घाइते भएका थिए ।

उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा चालक परियारको सोमबार बिहान ज्यान गएको हो । घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा, २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

  • ३१ असार २०८१, सोमबार १०:५४ प्रकाशित