आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज गण्डकीसहित कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले यी तीन प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी,खोला तथा पहिरोको जोखिममा रहेका स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा वस्न महाशाखाको आग्रह छ ।

  • ३१ असार २०८१, सोमबार ०७:१० प्रकाशित