केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेका छन । एमाले अध्यक्ष ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको सोमबार बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

  • ३० असार २०८१, आईतवार १८:३५ प्रकाशित