गण्डकीका सभामुख धिताललाई सुविधा थपियो

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाई सुविधा थपिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐनमा अनुसूची संशोधन गरेको हो ।

अब गण्डकीका सभामुखले सञ्चार विज्ञको सुविधा पाउनेछन् । सरकारका प्रवक्ता डा टकराज गुरुङको अनुसार अधिकृत स्तरको सञ्चार विज्ञ राख्ने सुविधा अनुसूचीमा थप गरिएको हो ।

सभामुखले धेरै अघिदेखि सञ्चार हेर्ने व्यक्तिलाई नियुक्ति दिन पाउनुपर्ने माग राख्दै आएका थिए । अरू प्रदेशमा पनि सभामुखले सुविधा प्रयोग गर्दै आएका छन् ।

  • ३० असार २०८१, आईतवार १०:२२ प्रकाशित