इजरायलबाट फर्केकाहरु संगठित भएर बनाए ‘इजरायल रिर्टन पोखरा’

सुनील श्रेष्ठको अध्यक्षतामा कार्यसमिति, ब्लड क्यान्सर पीडित दुईजनालाई सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

इजरायलमा रोजगारीमा एवं विभिन्न पेशा व्यवसायमा संलग्न भई फर्केकाहरु एकजुट भएका छन् । इजरायलमा सिकेको सिप र अनुभवलाई नेपालको विकासमा लगाउनुका साथै नेपालमै केही गर्ने उद्देश्यले उनीहरु एकजुट भएका हुन् ।

यस अगाडि तदर्थ समिति बनाएर एकजुट भइसकेका उनीहरुले इजरायल रिर्टन पोखरा गठन गर्दै शनिबार पोखरामा भेला भएर नयाँ कार्यसमिति चयन गरेका छन् । जसको अध्यक्षमा सुनील श्रेष्ठ, उपाध्यक्षमा सुनिता पन्त पौडेल, सचिवमा अर्जुन प्रसाद पौडेल, सहसचिवमा दिया शर्मा चापागाइँ, कोषाध्यक्षमा सूर्यनाथ ढुंगाना, सहकोषाध्यक्षमा मेनुका क्षेत्री चयन भएका छन् ।

सदस्यमा कोपिला भुषाल, लक्ष्मी भुजेल अधिकारी, गंगा भट्टराई, कुमार पौडेल, निर्मल श्रेष्ठ, राम गिरी, निर्मल बराल, सुभास नेपाल र कृष्ण पण्डित चयन भएका छन् ।

ब्लड क्यन्सर पीडित दुईजना लाई ३० हजार रुपैयाँ सहयोग

सहयोगी मनहरुको समाजले दुई जना ब्लड क्यान्सर पीडितलाई कुल ३० हजार रुपैयाँ सहयोग गरेको छ ।

समाजले ईजराईल रिटर्न पोखराको प्रथम अधिवेशनको अवसर पारेर ब्लड क्यान्सर पीडित द्वय पोखरा महानगरपालिका वडा नम्बर २९ आदर्शचोकका ५ वर्षीया बालिका स्मारिका थापा र स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय अभिषेक नेपालीलाई नगद  १५/१५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कार्यक्रममा संस्थाको तर्फबाट ईजराईल रिटर्न पोखराका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठ र उपाध्यक्ष सुनिता पन्त पौडेलले रकम हस्तान्तरण गरे ।

ईजराईलमा रहेको हेल्पिङ ह्याण्ड्सबाट प्रेरित भई नेपालमा हाम्रो सहयोगी समाज खडा गरेर दीन, दुःखी, पीडितलगायतलाई सहयोग गर्दै आएको संस्थाकी सदस्य रहेकी ईजराईल रिटर्न पोखराकी संस्थापक उपाध्यक्ष सुनिता पन्त पौडेलले जानकारी दिईन् । उनका अनुसार ईजराईलबाट फर्किएकाहरु सदस्य रहेको संस्थाले कोष खडा गरेर त्यसको ब्याजबाट सहयोग गर्दै आएको छ ।

  • २९ असार २०८१, शनिबार २३:४२ प्रकाशित