पोखरा ।
डेविजफल वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार विहान भएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ ।
सहकारीले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले एक कार्यक्रमका बीच पहिलो रक्तदाता सहकारीका प्रवन्धक यज्ञप्रसाद भण्डरीलाई व्लड व्याग हस्तान्तरण गरेर गरेकी हुन् । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष शाहीले सहकारीले गरेको कार्यको प्रसंशा गरिन् ।
रक्तदान जस्तो पुण्य कार्य वार्षिक रुपमा स्थापनाको अवसरमा आयोजना गरेको प्रति उनले यस कार्यक्रमलाई अन्य अवसरमा पनि आयोजना गर्न आग्रह गरिन् । एक पटक रक्तदान गरेपछि तीन महिना पछि पुन रक्तदान गर्न मिल्ने भएकाले अन्य समयमा पनि रक्तदान कार्यक्रम राख्न उनले आग्रह गरिन् ।
कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, डेभिज फल टोलविकास संस्थाका अध्यक्ष भीमबहादुर क्षेत्री, डेभिज फल क्लव अध्यक्ष विक्रम गुरुङ, छोरेपाटन चौकीका प्रमुख श्याम थापा, डेविजफल वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार युवक लामिछाने र हरिप्रसाद लम्साल लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष राजन अधिकारीको अध्यक्षता र सहकारीका कार्यक्रम संयोजक राजेन्द्रबहादुर थापाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।













