पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ बढेको छ ।
आज पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५० पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७० रुपैयाँ ८० पैसा र बिक्रीदर १७१ रुपैयाँ ५७ पैसा रहेको थियो।
आज डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ ०० पैसा रहेको छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८ रुपैयाँ २९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।















