रोल्पा ।
रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको हो ।
तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२र३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।
रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ ।मिनीट्रक सडकदेखि ५०्६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए ।
दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।













