पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

बागलुङ ।

मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको छ । जिल्लामा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

  • २६ असार २०८१, बुधबार ०८:३९ प्रकाशित