पोखरासंग जोडिएका दुईवटा राजमार्ग पहिरोले अबरुद्ध

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
अविरल वर्षासंगै आएको पहिरोका कारण गण्डकी प्रदेशको राजधानी पोखरासंग जोडिएका दुईवटा राजमार्ग अबरुद्ध भएका छन् । बिहानैबाट दुईवटा राजमार्ग अबरुद्ध भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गतको म्याग्दे सडक खण्डमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । बिहान ७ बजेबाट अबरुद्ध सडक अहिले डोजरको प्रयोग गरेर हटाउने प्रयास भइरहेको छ ।

यसैगरी भूपी शेरचन राजमार्गको अन्नपूण ५ सिता गुफामा पहिरो जाँदा आवागमन रोकिएको छ । डोजरसहितको जनशक्ति परिचालन भएकाले छिट्टै सडक आवागमन खुलाइने गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

  • २६ असार २०८१, बुधबार ०८:१० प्रकाशित