पोखरा ।
पोखरामा पुलबाट खोलमा हाम फालेका व्यक्ति घाईते अवस्थामा फेला परेका छन् ।
आज दिउँसो झण्डै २ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३२ पक्की पुलबाट खुदी खोलामा हाम फालेका व्यक्ति घाईते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
हाम फाल्ने व्यक्ति तनहुँ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४०का नेत्रनाथ कोईराला रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
उनी हाम फालेको सुचना पाउनासाथ प्रहरी चौकी जनताको चौताराबाट प्रहरी टोली खटिई उनको खोजी गरेको थियो । खोज्ने क्रममा नेत्रनाथ खोलाको ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको शर्माले बताए ।
शर्माको अनुसार उनको बायाँ खुट्टामा चोट लागेको छ । उनी के कारणले हाम फालेका हुन खुल्न नसकेको प्रहरीले बताएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।













