दर्शन सहकारीमा सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लि।को आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लि।ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको उक्त सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक भेषराज बरालले सहकारीमा हरेकको आवश्यकता भएको बताउदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु जानकारी गराएका थिए ।

साथै प्रशिक्षक बरालले सहकारीको सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै , नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल , नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फम सिंह नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाही , दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति रहेको थियो ।

  • २५ असार २०८१, मंगलवार १६:०८ प्रकाशित