काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दै छ । बिहानका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा निलम्बित महामन्त्री डा। मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ ।
पार्टीको अनुशासन आयोगले डा। ढकालमाथिको अनुसन्धानात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।
त्यसबारे सचिवालय बैठकमा छलफल हुनेछ । समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएको बारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा। ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन् ।