पोखरा ।
इनरह्वील क्लव अफ पोखरा मिडटाउनको १५ औं पदस्थापना एवं आर्थिक सहयोग कार्याक्रम सम्पन्न भएको छ । क्लवको वर्ष २०२४/२५ का अध्यक्ष जुना देवि थापा, उपाध्यक्ष यसोदा वास्तोला, निवर्तमान अध्यक्ष किशोरी गोदार, सचिव भावना रानाभाट, कोषाध्यक्ष इन्दिरा शर्मा, आइएसओ सृजना बोगटी कार्की र सम्पादक सान्ता घिमिरेसहित कार्यसमितिका सदस्यहरुको सोमबार पदस्थापन भएको हो ।
पदस्थापन कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक ३५० नेपालका वर्ष २०२४/२५ का डिस्ट्रिक चेयरमेन इनरह्वील आशा कुमारी श्रेष्ठले आगामी वर्ष स्तन र गर्भाशय क्यान्सर सचेतना कार्यक्रम लगायतका विभिन्न कार्यक्रम गर्ने उद्देश्य रहेको जानकारी दिइन् । उनले सामाजिक कार्यलाई निरन्तरता दिइने बताइन् ।
कार्यक्रममा म्याग्दीकी मृगौला पीडित सुभासना भण्डारीलाई क्लवको तर्फबाट २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । त्यसैगरी भण्डारीलाई पोखराका इनरह्वील क्लवका सदस्यहरुले समेत व्यक्तिगत रुपमा पनि सहयोग गरेका थिए ।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष किशोरी गोदार, रोटरीयन महेन्द्रबहादुर गोदारसहित पोखरामा रहेका इनरह्वील क्लवका वर्ष २०२४/२५ का अध्यक्षहरुले सफल कार्यकालको शुभकामना दिएका थिए । क्लवका अध्यक्ष जुनादेवि थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम भावना रानाभाटले सञ्चालन गरेकी थिइन् ।














