जसपाका दुई मन्त्रीले दिए राजीनामा, दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् ।

जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् । मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन् ।

उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि राजीनामा दिएका एमालेका ८ मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्दै आएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेका छन् भने उनले असार २८ मा विश्वासको मत लिन लागेका छन् ।

  • २४ असार २०८१, सोमबार १६:४४ प्रकाशित