किभ ।
रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जना मारिएको बीबीसीले जनाएको छ ।
यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको ज्यान गएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा बाल अस्पतालमा हमला भएको थियो ।
अस्पताल खाली गरिएको बताइएको छ । क्रिभी रिहमा पनि अरु १७ जना मारिएका छन् । पूर्वी शहर पोक्रोभ्सकमा पनि तीन जनाको ज्यान गएको थियो ।