पोखरा विमानस्थलमा संसदीय समितिको अनुगमन सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समितिले अध्ययन सुरु गरेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

विमानस्थल निर्माणका क्रममा अनियमितता समेत भएको हुन सक्ने उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन भएको थियो । टोलीले निर्माणका फाइलहरू अध्ययन गर्नेछ भने स्थलगत अध्ययन समेत गर्नेछ । विमानस्थल निर्माणमा ठुलो रकम अनियमितता भएको आरोप छ ।

  • २४ असार २०८१, सोमबार १०:०८ प्रकाशित