दुई संसदीय समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठकमा आ।व। २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्‍ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।

  • २४ असार २०८१, सोमबार ०९:४२ प्रकाशित