लागू औषधसहित पोखराको जिरो कि.मि बाट दुई युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा प्रतिबन्धित लागूऔषधसहित दुई युवकको पक्राउ परेका छन् ।

असार २१ गते शुक्रबार साँझ ७ बजेर ५० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो कि.मि मा शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई लागू औषध नियन्त्रण ब्युरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन बस्ने वर्ष २८ का तेन्जिङ गुरुङ र सिमपानी बस्ने वर्ष २६ का सुशान्त परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तेन्जिङको साथबाट नाइट्रोभ्याट १४० चक्की र सुशान्तको साथबाट नाइट्रभ्याट ४८ चक्की र तापानताडोेल लेखेको ३० चक्की लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुमाथि अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको शर्माले बताए ।

  • २४ असार २०८१, सोमबार ०८:४१ प्रकाशित