गाजाको विद्यालयमा इजरायली हवाई हमला : कम्तिमा १६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

File photo

एजेन्सी।

गाजा पट्टीमा रहेको एक विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा १६ जनाको ज्यान गएको छ । अरु दर्जनौं घाइते भएको प्यालेष्टिनी अधिकारीहरूले बताएका छन् ।

विद्यालय रहेको सो भवनमा मध्य गाजास्थित शरणार्थी शिविरबाट विस्थापित भएका हजारौं मानिसले शरण लिइरहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । अल–जाओउनी विद्यालय आसपासको क्षेत्रमा आफूहरूले कयौं संरचना ध्वस्त पारेको इजरायल डिफेनस फोर्सले भनेको छ ।

सो विद्यालयमा ७ हजार जना बसिरहेको अनुमान गरिएको छ । नुसेरात शरणार्थी शिविरमा एउटा घरमा भएको छुट्टै हमलामा अरु १० जनाको ज्यान गएको बताइएको छ ।

  • २३ असार २०८१, आईतवार १७:०१ प्रकाशित