तनहुँ।
तनहुँमा पहिरोले पुरिएर बेपत्ता थप दुई जनाको शव भेटिएको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएका उनीहरुको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ज्यान गुमाउनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी छन् । हिरा नेपालीको शव गएराती नै भेटिएको थियो भने अनिषा र श्यामको शव आ भेटिएको हो । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका हुन् ।
पहिरोमा ४ जना घाइते भएका छन् । सबैको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।













