एमाले संसदीय दलको बैठक आज

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।

  • २३ असार २०८१, आईतवार ०८:३४ प्रकाशित