अपराध

भारतको मेघालयस्थित कोइलाखानीमा काम गर्न गएका ४ जना नेपालीको हत्या

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर बाहिरिएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो ।

सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् ।

घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान भने खुल्न नसकेको प्रहरी ले बताएको छ। प्रहरीको अनुसार उनीहरूको हात बाँधिएर शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • २३ असार २०८१, आईतवार ०८:२३ प्रकाशित