देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।

देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक र दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ । सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  छ ।

भारीदेखि अति भारी वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

  • २३ असार २०८१, आईतवार ०६:३२ प्रकाशित