पहिरो हटाएसंगै पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

केन्द्रभाग मिडिया

पोखरा ।

लगातारको वर्षासंगै विभिन्न ठाउँमा पहिरो जाँदा अबरुद्ध बनेका पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–४ को मनहरी, छबिसे, म्याग्दे–६ को मौरी ओढार र व्यास नगरपालिका-१२ मा पहिरोका कारण अबरुद्ध सडकखण्ड एकतर्फी सञ्चालनमा आएको प्रदेश प्रहरी प्रवक्ता एव एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार सडकमा खसेको माटोको लेदो हटाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो । यता सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग भने विभिन्न ठाउँमा गएको पहिरोका कारण अबरुद्ध नै छ ।

  • २२ असार २०८१, शनिबार ११:१८ प्रकाशित