पोखरा ।
बागलुङमा घाँस काट्ने क्रममा लडी घाईते भएका एक वृद्धको ज्यान गएको छ ।
आज (असार २१ गते ) बिहान झण्डै ८ बजेर १५ मिनेटको समयमा बागलुङ वडिगार्ड गाउँपालिका १० बस्ने वर्ष ७० का दल बहादुर गुरुङको घाँस काट्ने क्रममा लडी ज्यान गएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।
घरदेखि १ किलोमिटर दुरीमा रहको आफ्नै खरबारीमा रहेको काउरोको रुखमा चढी घाँस काट्ने क्रममा गुरुङ अचानक लडी घाईते भएका थिए । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार वि क ले जानकारी दिएका छन् ।













